यो आगलागी २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको र १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको छ । केही अन्तराष्ट्रिय सञ्चारमाध्यमले यो नियतका साथ लगाइएको डढेलो भनेका छन् । तर, यसका स्वतन्त्र पुष्टि भएको छैन । स्थानीय मेयरले सरकारले डढेलो निभाउन आर्थिक सहयोग नगरेको आरोप यसअघि नै लगाइसकेका छन् ।