दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको सुरक्षा बलले पक्राउ गरेको छ । गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको उनको तर्क भएपनि त्यसको चौतर्फी बिरोध भयो र अन्तत उनीमाथि महाअभियोग नै लगाइयो । त्यसपछि निलम्बनमा परेका उनलाई पक्राउ गर्ने यसअघिको प्रयास सफल भएको थिएन । यस पटक भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गरिएको हो । उनले रक्तपात हुनबाट जोगाउन आफूले समर्पण गरेको बताएका छन् । कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो नै पहिलो घटना हो ।