चीनका राष्ट्रपति सी जिनपिङको जस्तै शक्तिशाली बन्नेक्रममा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्न गरेको भन्दै एक जना एमाले नेता ६ महिना निलम्बनमा परेका छन् । प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की ६ महिनाका लागि निलम्बनमा परेका छन् । यसअघि भिम रावल, विन्दा पाण्डे र उशाकिरण तिम्सिना कारवाहीमा परिसकेका छन् ।
कार्कीले फेसबुकमा ओलीविरुद्ध स्टाटस लेखेका थिए । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गाको विषयमा स्टाटस लेखेपछि कार्कीलाई निलम्बन गर्न अध्यक्ष ओलीले कोशी प्रदेश कमिटीलाई निर्देशन दिएका थिए र कमिटीले उनलाई निलम्बन गरेको हो । स्रोतहरुका अनुसार अन्य २ जना पनि कारवाहीमा परेका छन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।