Advertisement GIF
कल्पवृक्ष
माघ २ बुधबार, १०:५० पूर्वाह्न
पाँचथरमा फोनिजको नयाँ समिति

आदिवासि जनजाति पत्रकार महासंघ, पाँचथरमा नयाँ समिति गठन भएको छ । सोमबार सम्पन्न भएको अधिवेशनले समितिको अध्यक्षमा उपेन्द्र येक्तेनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । फोनिजको उपाध्यक्षमा अजेन्द्र वाईवा तामाङ, सचिवमा सुवास राई, सह सचिवमा सर्मिला मुखिया र कोषाध्यक्षमा रजनी हाङसरुम्बा चयन भएका छन् । सदस्यमा राजकुमार इसारा, भीमकुमार चेम्जोङ, भुपेन योङ्हाङ, इच्छामाया साँवा र तागेरा तावाहाङ निर्वाचित भए ।

कबिन्द्र शेर्मा, बिनोदकुमार इङ्वा , सेसेहाङ लावती र इवारा जबेगुलाई संघीय प्रतिनिधिमा चयन गरेको छ । बिजयबोध लावती, भवानी तावा, नारायण तुम्बापो, रामचन्द्र तामाङ, रोहितकुमार आङ्बो, मौसम सम्बाहाम्फे र चित्रकला हाङसरुम्बालाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।