अमेरिकाको लसएन्जलसमा भएको डढेलोमा परी मृत्यु हुनेको संख्या २४ जना पुगेको छ । र, यो संख्या अझै बढ्ने बताइन्छ । १६ जना बेपत्ता छन् ।
डढेलोका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । हजारौं जना बिस्थापित भएका छन् भने झण्डैं ३ खर्ब डलरबढी क्षति भएको अनुमान छ । पछिल्लो समय हावाको गति कम हुँदै गएकोले डढेलो नियन्त्रणउन्मुख भएको बताइन्छ । झण्डै १५ हजार भवन जलेका छन् भने विस्थपितको संख्या संकलन गर्नेक्रम चलिरहेको बतान्छ ।