Advertisement GIF
टुँडिखेल र खुलामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश, २०८१ जारी भएकोमा असन्तुष्टि व्यक्त गर्दै सैनिक मञ्च र खुलामञ्च पनि पार्टीका कार्यकर्तालाई दिने प्रपञ्च भएको आक्रोस पोखेका छन् । बालेनले यो अध्यादेश कार्यकर्ता पोस्नका लागि ल्याइएको आरोप लगाउँदै स्टाटस लेखेका छन्, ‘‘अब खोलामात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाइ छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए ।