रुपन्देहीमा कुटपिटबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्लाको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यू कामना इँटा उद्योगमा कार्यरत भारत गोरखपुरका करिव ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको हो । उनलाई उद्योगमै कार्यरत ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गरेका थिए । कृष्णले इटाले हानेर निष्ठुरीको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।