Advertisement GIF
कल्पवृक्ष
माघ ४ शुक्रबार, ९:३१ पूर्वाह्न
लप्सीफेंदीमा झडप : १३ जना प्रहरी हिरासतमा

राजधानीको शंखरापुर नगरपालिका– ३, लप्सीफेंदीको बोझेनीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । विद्युत प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्ने स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपपछि प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये ४ जनालाई छोडेर बाँकी १३ जनालाई बौद्ध प्रहरी वित्तमा राखिएको छ ।

बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग छ । सरकारले अधिग्रहरण गरेको जग्गाको मुआब्जा दिइसकेको छ । मुआब्जा लिएर पनि स्थानीय बिरोधमा उत्रेका हुन् ।