अभियन्ताको रुपमा चिनाउने डा निकोलस भुसाल हिरासत पुगेका छन् । उनलाई हिजो (बिहीवार) कास्की अदालतले हिरासतमा पठाउने निर्णय गरेको हो । डा निकोलसविरुद्ध साइवर अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका रविशरण लामिछानेको तस्वीर सार्वजनिक गरेपछि डा निकोलसविरुद्ध मुद्धा दर्ता भएको हो । उनी रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविशरणनिकट मानिन्छन् ।