रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने डा निकोलस भुसाल आज ५० हजार धरौटीमा छुटेका छन् । उनी ७ पुसमा पक्राउ परेका थिए ।
सरकारी वकिलको कार्यालयले उनलाई १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कारावासको मागदाबी गरेको थियो । न्यायाधीश शंकरबहादुर राईको इजलासले डा भुसाललाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो । उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गत मुद्दा चलाइएको थियो ।