Advertisement GIF
कल्पवृक्ष
माघ ५ शनिबार, ९:५१ अपराह्न
खो खो विश्वकपको फाइनलमा नेपाली टिम

खो खो विश्वकपको फाइनलमा  नेपाली महिला र पुरुष दुबै टिम पुगेका छन् । भारतमा जारी विश्वकप अन्तर्गत सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउँदै नेपाली पुरुष टोलीले फाइनल यात्रा तय गरेको हो ।

यो नेपाली खो खो इतिहासमा ऐतिहासिक क्षण बनेको छ ।

महिलातर्फ पनि नेपाली टोलीले युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । दुबै टोलीले आइतबार उपाधिका लागि फाइनल खेल्नेछन्, फाइनलमा उनीहरूको प्रतिस्पर्धी भने अझै तय भएको छैन ।