Advertisement GIF
कल्पवृक्ष
माघ ६ आइतबार, ११:०८ पूर्वाह्न
नेकपा एमालेका नेताहरूविरुद्ध विवाद र खेदप्रस्ताव

नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। दुवै जनालाई एमालेका भीम रावलको गतिविधिमा संलग्न भएको कारण निष्कासनको सिफारिस गरिएको हो। रावलको कारबाही पछि दुवै जना मातृभूमि जागरण अभियानमा सक्रिय थिए।

त्यस्तै, पार्टीका केन्द्रीय सचिव लेखराज भट्टको बारेमा सामाजिक सञ्जालमा जथाभावी लेखेका पूर्वसचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रति पनि ध्यानाकर्षण गरिएको छ। बैठकले यसमा खेदप्रस्ताव पारित गरेको जनाएको छ।