अमेरिकामा आगामी चार वर्षका लागि निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमवार) शपथ लिँदैछन्। शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगिसकेका छन् । उनी वासिङ्टन पुगेपछि समर्थकले जुलुस निकालेका छन् भने ट्रम्प पनि जुलुसमा सहभागी भएका छन् ।
उनको शपथ अमेरिकी संसद भवनमा हुनेछ। गत कात्तिक भएको चुनावमा ट्रम्पले ३ सय १२ इलेक्टोरल कलेज जित्दै राष्ट्रपति निर्वाचित भएका थिए । सफथपछि उनले एक सय वटा कार्यकारी आदेश जारी गर्ने तयारी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।