यस वर्षको विगत नौं महिनामा पाँचथर जिल्लामा १० जनाको मृत्यु भएको छ । गत वैशाखदेखि पुस मसान्तसम्ममा विपद्का घटनामा परेर उनीहरूको मृत्यु भएको हो ।
गृहमन्त्रालयका अनुसार बाढी, पहिरो र आगलागीसमेतका घटनामा परेर काभ्रेपलाञ्चोकमा ८३, ललितपुरमा ५२, काठमाडौंमा ४४, धादिङमा ४३, चितवनमा ३८, बाग्लुङ्मा २१, दाङमा १८, कास्कीमा १५, मकवानपुरमा १४, रोल्पामा १३, कञ्चनपुरमा १३, कैलालीमा १२ गुल्मीमा ११, वर्दियामा ११, पाँचथरमा १०, झापामा १०, मोरङमा १०, सिन्धुपाल्चोकमा १० र स्याङ्जामा १० जनाले ज्यान गुमाएका छन् ।