Advertisement GIF
कल्पवृक्ष
माघ ७ सोमबार, ९:३० पूर्वाह्न
रामदेव र बालकृष्ण खोज्दै भारत प्रहरी

पतञ्जलीका संस्थापक रामदेव र उनका आचार्य बालकृष्ण सुवेदीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भारतको केरलास्थित पलक्काड जिल्ला अदालतले दुई वर्ष पुरानो भ्रामक विज्ञापन प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पतञ्जली समूहले आफ्ना उत्पादनहरुले उच्च रक्तचाप र मधुमेहजस्ता रोगहरु निको पार्ने दावीसहित विज्ञापन सामाग्री तयार पारेर भ्रामक विज्ञापन प्रकाशन गरेको उनीहरुविरुद्ध आरोप छ ।

पलक्काड जिल्ला अदालतले रामदेव र आचार्यलाई यही जनवरी १६ तारिखमा अनिवार्य उपस्थित हुन आदेश दिएपनि उनीहरु उपस्थित भएनन् । त्यसपछि अदालतको ४ नम्बर इजलासले उनीहरुलाई पक्राउ गरेर फेब्रुअरी १ तारिखमा उपस्थित गराउन आदेश दिएको छ ।

पतञ्जली योगपीठमाथि नेपालको काभ्रेपलाञ्चोकमा ३ सय ५३ रोपनी जग्गा अपचलन गरेको आरोप छ । आयुर्वेद फार्म चलाउने भनिएको यो जग्गामा डोजर लगाएर प्लटिङ गर्दै घडेरी बिक्री गर्न लागिएको आरोप पनि उनीहरुमाथि लागिरहेको छ ।