मेची भन्सार कार्यालय, काँकडभिट्टाबाट यो आर्थिक वर्षको छ महिनामा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँको निर्यात भएको छ ।
पछिल्लो समय भारतमा चिया उत्पादनमा कमी आएको छ । यही कारण भारतमा चियाको माग बढेकोले गत वर्षको यही समयको तुलनामा यो वर्षको करिव ५५ प्रतिशत चिया निकाशी बढेकोहो । सरकारले थप सहजिकरण गरेको खण्डमा चिया निकाशी अरु बढ्ने चिया निकाशीकर्ता व्यवसायीहरुको भनाइ छ ।