त्रिभुवन विश्वविद्यालय मातहतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आगामी चैत ५ गते हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले स्ववियुको निर्वाचन अघिल्लो कार्यकालमा भएको समयमा नै गर्ने निर्णय गरेको हो । २०७९ चैत ५ गते भएको अघिल्लो निर्वाचनपछि प्रत्येक दुई÷दुई वर्षमा हुने कानुनबमोजिम आगामी चैत ५ मा गर्न लागिएको त्रिविले जनाएको छ ।
त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने भएको हो ।