राजधानीको गौशाला क्षेत्रबाट सय वर्षअघि हराएको ब्रम्हा मन्दिरप फेला परेको छ । लिखित दस्तावेज नपाइएता पनि यसको निर्माण छैटौं शताब्दीमा भएको मानिन्छ। मन्दिरको उत्खनन्पछि काठमाडौं महानगरपालिका– ८ का वडाध्यक्ष आशामान संगतले जय वागेश्वरी गायत्री मार्गमा मन्दिर उत्खनन भएको स्थानमा शिलान्यास गरी पुनः निर्माण कार्य सुरू गरेका छन् ।
ु‘यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो, मन्दिरको बनावट र प्रकृति सम्बन्धि दस्तावेज नपाइएपछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरूबाट मन्दिरको रेखाङ्कन गराएका हौं।’ – वडाअध्यक्ष संगतले भने । पुरातत्व विभागको सहयोगमा उत्खननपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो। जसबाट मन्दिर छैटौंदेखि सातौं शताब्दीबीचमा निर्माण भएको अनुमान गरिएको छ ।