टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । स्की रिसोर्ट होटलमा आगलागी भएको हो ।
बोलु प्रान्तमा रहेको १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सुरु भएको थियो । होटलमा २ सय ३४ जना रहेका थिए । आगलागीपछि हामफाल्दा र निस्सासिएर उनीहरुको मृत्यु भएको बताइन्छ ।