Advertisement GIF
महाराष्ट्रमा रेल दुर्घटना : १२ जनाको मृत्यु, तीन नेपाली पनि परे

भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन जना नेपालीसहित १२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ४० जनाबढी घाइते भएका छन् । मृतकमध्ये ५ जनाको सनाखत हुन बाँकी छ । सात जनाको भने पहिचान खुलेको बताइन्छ ।

पहिचान खुलेका नेपालीमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् । अन्य चार जना भारतीय नागरिक रहेका छन् ।
लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा परेको हो । गुडिरहेको रेलबाट हामफाल्दा अर्काे रेलमा ठोक्किएर मृत्यु भएको बताइन्छ ।