Advertisement GIF
कल्पवृक्ष
माघ १० बिहीबार, ८:१७ पूर्वाह्न
२५ एसएसपीलाई दर्ज्यानी चिन्ह

हालै प्रहरी उपरीक्षक (एसपी) बाट बढुवा भएका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले बढुवा भएका वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

गत पुस २९ मा बढुवा भएका रमेश थापा, अजय केसी, अनुपम शमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पङ्गेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महतो, वेद विष्ट र शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जयसिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकालले दज्र्यानी चिन्ह पाएका हुन् ।