Advertisement GIF
कल्पवृक्ष
माघ १० बिहीबार, ८:२९ पूर्वाह्न
काभ्रेको सामुदायिक वनमा भीषण डढेलो

 

काभ्रे जिल्लाको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेखको सामुदायिक वनमा डढेलो लागिररहेको छ । वनमा लागेको यो डढेलो नियन्त्रणको प्रयास अहिलेसम्म सम्भव भएको छैन । डढेलो मंगलबारदेखि सुरु भएको थियो ।

अहिलेसम्म डढेलो जंगलमै सीमित छ । अहिलेसम्म गाउँसम्म फैलन पाएको छैन । स्थानीय, प्रहरीसमेत डढेलो नियन्त्रणको प्रयासमा सक्रिय छन् । तर, तत्काल डढेलो नियन्त्रण हुने सम्भावना नरहेको स्थानीय प्रहरीले जनाएको छ ।

यो डढेलोले पुर्याएको  क्षतिको विवरण प्राप्त भइसकेको छैन ।