नेपाल र भारतबीच सुपुर्दगी सन्धी किन चाहियो ? यो प्रश्न अहिले सामान्य मानिसलाई पनि जानकारी छ । जसको पछिल्लो उदाहरण हो, राजधानीको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई भारतबाट पक्राउ ग¥यो र नेपाल ल्याएको छ । तर, नेपाल प्रहरीले विदेशमा गएर कसैलाई पनि पक्रन सक्दैन । किनकि, नेपाल र भारतबीच एक देशमा अपराध गरेर अर्काे देशमा बसेका नागरिकलाई पक्रने र जिम्मा लगाउने कानुन नै छैन । सामान्य भाषामा भन्दा सुपुर्दगी सन्धी नभएका कारण यस्तो भएको हो ।
तर, राजधानीको महाराजगञ्जमा रड आक्रमणमा संलग्न भएर भारततिर भागेका भारतीय नागरिक दीपक बरामु र नेपालका अजय लामालाई पक्राउ गरिएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि गत ११ कात्तिकमा आक्रमण भएको थियो । उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो ।