पाल्पा र रुपन्देहीको सीमा क्षेत्रमा रहेको सिद्धबाबा मन्दिरनजिक निर्माण गरिएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्न जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थताका कारण जान नसक्ने भएका छन् । उनको स्वास्थ्यमा समस्या आएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनको श्वर भासिएको छ ।
करिव १ हजार ६ सय मिटर लामो यो सुरुङमार्ग देशका १८ मध्ये एक हो । प्रम ओली त्यहाँ जान नसकेपनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने बताइएको छ । ओली अनुपस्थित यो कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल सहभागी हुने भएका छन् ।