देशमा पहिलो पटक ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाबीच ‘रियालिटी शो’ हुने भएको छ ।
जय मिडियाले नेपाल र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायत स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्दै ‘शो’ मा सहभागी गराउने भएको हो । यो अडिसन आगामी फागुनबाट सुरु हुनेछ । विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।