Advertisement GIF
कल्पवृक्ष
माघ १२ शनिबार, ८:१३ पूर्वाह्न
क्रान्तिकारीमा नेतृत्वका लागि आज चुनाव

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि आज (शनिबार) निर्वाचन हँदैछ । यो क्रान्तिकारीको २३ औं सम्मेलन हो । सम्मेलनमा २ हजार ४ सय विद्यार्थी मताधिकारवाला छन् ।

केन्द्रीय अध्यक्ष पदमा उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ। महासचिवमा ८ जना क्रान्तिकारीमा १ अध्यक्ष, ९ उपाध्यक्ष, १ महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र १ कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालयसहित कूल ३ सय १२ जना निर्वाचनबाट चयन हुनेछन्।