प्रहरी प्रधान कार्यालयले १७ जना एसपीको सरुवा गरेको छ । काठमाडौंमा अपिलराज बोहोरा खटिएका छन् भने अन्य केही जिल्लामा प्रमुख एसपी फेरिएका छन् ।
ललितपुरमा नरहरि रेग्मी, इलाममा एकनारायण कोइराला, बारामा सन्तोष तामाङ, चितवनमा राजन लिम्बू र सिन्धुपाल्चोकमा रामेश्वर कार्कीको सरुवा भएको हो ।
चार जिल्लामा कार्यरत एसपीहरु एसएसपीमा बढुवा भएपछि ती जिल्लामा प्रहरी प्रमुख पद रिक्त थियो ।