पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकपमा आयोजक फिदिम भेट्रान्स क्लव र रेड स्टार क्लव झापा फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार फिदिम माविको खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम भेट्रान्स क्लवले दुधे भेट्रान्स क्लव, झापालाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो ।
यस्तै शुक्रबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलम ाबौद्ध भेट्रान्स, पाँचथरलाई ३–२ गोल अन्तरले पराजित गर्दै रेड स्टार फाइनलमा पुगेको हो । फिदिम भेट्रान्स क्लवको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल माघ १२ गते (आज) हुँदैछ । फाइनलमा आयोजक फिदिम भेट्रान्स क्लव र रेड स्टार क्लव झापाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको विजेताले नगद १ लख ५ हजार ५ सय ५५ रुपैयाँ र उप- विजेताले ५५ हजार ५ सय ५५ रुपैँयाँ प्राप्त गर्नेछन्
– दुर्गा खनाल/ पाँचथर