अछाम जिल्लामा दुई किशोरी मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका– १ को छिन्ने जंगलमा ढकारी– ८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएका थिए ।
अछाम प्रहरीका अनुसार गोठालो गएका उनीहरु मृत फेला परेका थिए । २० वर्ष भन्दा कम उमेर भएका कारण ती युवाको विवरण खुलाइएको छैन । गत शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शव भेटिएको माथिपट्टी भिर रहेको र उनीहरूको शवभन्दा तल माथिबाट ठूलो ढुङ्गा खसेको छ ।