Advertisement GIF
कल्पवृक्ष
माघ १७ बिहीबार, ८:०७ पूर्वाह्न
अखिल क्रान्तिकारी : जनार्दन शर्मा पक्ष बहुमतमा

अखिल क्रान्तिकारी अर्थात नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनमा पार्टी अध्यक्ष प्रचण्डलाई गहिरो धक्का लागेको छ । उपमहासचिव जनार्दन शर्मा पक्षले प्रष्ट बहुमत ल्याएपछि माओवादीको संस्थापन पक्ष अल्पमतमा परेको छ ।

अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भए । उनी प्रचण्डको गुटबाट उमेद्वार बनेका थिए । उनले ६ सय ८६ मत ल्याए भने शर्मा पक्षका हेमन्त राईले ६ सय १५ मत ल्याए ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शर्मा र अर्का उपमहासचिव वर्षमान पुन पक्षधरले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

९ जना उपाध्यक्षमा जनार्दन पक्षधरकै पाँच जना निर्वाचित भए । उपमहासचिवहरूमा त शर्मा पक्ष एकलौटी निर्वाचित भयो । सचिवहरूमा पनि जनार्दन पक्ष हाबी भए । सचिव निर्वाचित विरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल र युन्छो हाङ माबो जनार्दन शर्मा पक्षका हुन् ।
उपमहासचिव शर्माले विद्यार्थी संगठनको चुनावबाट जबर्जस्त सन्देश दिन सफल भएका छन् । शर्मा पक्षका राईले झण्डै अखिल क्रान्तिकारीको अध्यक्ष पदमै जितेका थिए ।

यो निर्वाचनले माओवादीमा प्रचण्डलाई ठूलो धक्का लागेको र यसको असर आगामी दिनमा देखिने माओवादीका नेताहरुको बुझाइ छ । जे होस्, माओवादीमा प्रचण्डको एकछत्र राज क्रमशः अन्तिमतिर पुग्ने आङ्कलन गर्न थालिएको छ ।