प्रहरीले लागुऔषध कारोबारीलाई पक्रन चार राउण्ड गोली चलाएको छ । पश्चिम नवलरासीमा यो घटना भएको हो । हिजो (बिहीवार) राति करिव ८ बजे ब्राउन सुगरको कारोबार भएको सूचनाका आधारमा राजेश लोनियाको घरमा प्रहरी पुग्दा कारोबारीहरु प्रहरीमाथि खनिएका थिए । प्रत्युत्तरमा प्रहरीले फायर खोलेको थियो । लोनियाको घरबाट ९३ पुरिया ब्राउनसुगर बरामद भएको छ ।