अछामको ढकारी गाउँपालिकाका– ८ का १४ वर्षीया इशरा खड्का र उनकी फुपू १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । घटनाको अनुसन्धानका लागि खटिएका चार वटा टोली सो निष्कर्षमा पुगेका हुन् । नियन्त्रणमा लिइएका दुई जनाले पनि हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।
सीआईबीबाहेकको टोली अछामबाट फर्किसकेको छ । बाख्रा चराउन गएका दुई किशोरीको शव गत शनिबार बेलुका ढकारी गाउँपालिका– १ स्थित छिन्ने ओडारको भीरमा फेला परेको थियो ।