Advertisement GIF
कल्पवृक्ष
माघ २० आइतबार, ८:५५ पूर्वाह्न
कुटपिटबाट चौधरीको मृत्यु

झापाको कमल गाउँपालिका– ७ का ४५ वर्षीय देवलाल चौधरीको मृत्यु भएको छ । उनको स्थानीय ३७ वर्षीय पूण्यप्रसाद बाँस्तोलाको कुटाइबाट मृत्यु भएको हो । बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरेका थिए । प्रहरीले बाँस्तोलालाई नियन्त्रणमा लिइसकेको छ । घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।