Advertisement GIF
कल्पवृक्ष
माघ २० आइतबार, ९:१२ पूर्वाह्न
कुम्भमेला : स्कारपियो दुर्घटना पाँच नेपालीको ज्यान गयो

उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटनामा पर्दा पाँच जना नेपालीको मृत्यु भएको छ । मृतक पाच जना महोत्तरी जिल्लाकै बासिन्दा हुन् ।

कुम्भ मेलाबाट नौं जना नेपाली बोकेर फर्किरहेको भारतीय नम्बर बीआर३२पीए ४६६१ नम्बरको स्कर्पियो गाडी बिहारको मुज्जफरपुरमा साइकललाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा बजारिँदा ५ जना नेपाली नागरिकको मृत्यु भएको छ ।
दुर्घटनामा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षकी अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा, ५५ वर्षीया इंदु देवी र चालक रहेका छन् । चालकको नाम खुलेको छैन । तर, चालक सिरहाको रहेको बुझिएको छ ।