Advertisement GIF
कल्पवृक्ष
माघ २० आइतबार, ९:२० पूर्वाह्न
अमेरिकामा विमान दुर्घटना : ७ जनाको मृत्यु

अमेरिकामा ६७ जनाको विमान दुर्घटनामा मृत्यु भएको घटना सेलाउन नपाउँदै अर्काे निजी जहाज पनि दुर्घटनामा परेको छ । जसमा सवार ६ जना र विमान खस्दा विस्फोटमा परेर एक जनाको मृत्यु भएको हो । १९ जना घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् । घाइते केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या बढ्ने आङ्कलन गरिएको छ ।

पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना भएको हो । बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिइन्। उनीहरु क्सिकनबासी हुन् ।