साउदी अरबमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । मृतकको संख्या भने १५ जना पुगेको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै श्रमिक सवार भ्यान र ट्रेलर ठोक्किँदा उनीहरूको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको हो । भारतका ९ र घानाका ३ नागरिकको उक्त दुर्घटनामा ज्यान गएको बताइन्छ । मृतक सबै रोजगारीका लागि साउदी पुगेका श्रमिक हुन् ।