Advertisement GIF
कल्पवृक्ष
माघ २० आइतबार, ११:३२ पूर्वाह्न
प्युठानमा ६९ वर्षीय पुरुषको हत्या

प्युठानको गौमुखी गाउँपालिका– ५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदुकुमारी न्यौपाने छन् । उनीहरुलाई प्रहरी पक्राउ गरिसकेको छ ।

१८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए । मृेतकको टाउको, अनुहार, नाक, मुखसमेतमा गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धानअघि बढाउँदा २४ घण्टा नबित्दै हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।