Advertisement GIF
कल्पवृक्ष
माघ २१ सोमबार, ९:४३ पूर्वाह्न
सिटिइभिटी : उपाध्यक्ष बरालको नियुक्ति बदर

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) को उपाध्यक्ष पदमा नियुक्ति सर्वोच्च अदालतले बदर गरेको छ । ओमप्रसाद बराललाई सिटिइभिटीको उपाध्यक्षमा नियुक्त गरिएको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले मन्त्रिपरिषदले उनलाई गरेको नियुक्ति निर्णय बदर गरेको हो ।

उपाध्यक्ष पदमा मनोनयनका लागि गठन भएको सिफारिस समितिले बराललाई सिफारिस गरेको थियो । त्यसका आधारमा गत मंसिर ६ गते बसेको मन्त्रिपरिषदको बैठकले बराललाई नियुक्ति दिएको थियो । बरालको उपाध्यक्ष पदमा नियुक्त हुन पुग्ने योग्यता नदेखिएको सर्वाेच्चको ठहर छ ।