अनलाइन जुवा तथा सट्टेबाजी कारोबारमा संलग्त २४ जना ललितपुरबाट पक्राउ परेका छन् । ३ अर्ब ४ करोड रुपैयाँबराबरको अवैध कारोबारमा संलग्न २४ जनामध्ये १० जना भारतीय र अन्य नेपाली रहेको प्रहरीको उपत्यका अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिनु भयो ।
ललितपुरको सानेपामा उनीहरूले दुई वटा घर भाडामा लिएर यस्तो धन्दा चलाउँदै आएका थिए । यस्तो कार्यलाई देशको कानुनले अवैध ठान्छ । ललितपुर प्रहरी परिसरसमेतको कार्यालयको टोलीले शनिवार छापा हान्दै उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट ८८ वटा मोबाइल र १३ वटा ल्यापटप बरामद गरिएको एसएसपी बस्नेतले कल्पवृक्षलाई जानकारी दिनु भयो ।