युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको ‘सुन्दर तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डेकेन्द्र प्रडक्शन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत र डिकेको स्वर रहेको छ।
एबिस फिल्म्सको छायाङ्कनको भिडियोलाई अभिष थापाको निर्देशनमा तयार पारिएको हो । भिडियो म्याग्दीको बेनीबजारवरपर छायाँकन गरिएको छ । म्याग्दीको बेनीबजार, प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक समृद्धिका लागि पनि चिनिन्छ ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको यो बजार केवल भौगोलिक सौन्दर्यमात्र नभई कला र संगीतको उर्वरभूमिका रूपमा पनि परिचित छ। भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ। निर्माण टिमले भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।