Advertisement GIF
कल्पवृक्ष
माघ २१ सोमबार, २:१४ अपराह्न
रविशरणविरुद्ध पुनः सहकारी ठगीमा मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रविशरण लामिछानेविरुद्ध पुनः अर्काे सहकारी ठगीको मुद्धा दर्ता तयारी भएको छ । यो समाचार तयार पार्दासम्म रविसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा प्रकृया चलिरहेको छ ।

सरकारी वकिल कार्यालयले रविसहित १४ जनाका साथ ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्धा दर्ता प्रकृया सुरु गरेको हो ।

चितवन वकिल कार्यालयले यसअघि प्रकृया नमिलेको भन्दैं थप अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न भन्दै फाइल प्रहरीमै फिर्ता पठाएको थियो । रवि सहभागी भएको यो सहकारीमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको छ । तर, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रविशरणले भने ८४ दिन हिरासतमा रहँदा पनि सहकारी ठगीमा संलग्न नभएको भन्दै इन्कायरी वयान दिएका थिए ।

तर, उनी धेरै सहकारीमा प्रत्यक्ष संलग्न भएको धेरै सहकारीका सञ्चालकको भनाइ र उनले रकम निकाल्न सहकारीका चेकबुकमा गरेका हस्ताक्षरबाट पुष्टि भइरहेको देखिन्छ ।