आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरुले ओपिडी सेवा बहिस्कारको निर्णय गरेका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गर्ने भएका छन् । आन्दोलन सुरु भएको ७ दिनसम्म पनि सरकारले माग पूरा नगरेको भन्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
संघर्ष समिति नै गठन गरेर इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारीसरह कायम गर्नु पर्ने उनीहरुको माग छ ।