Advertisement GIF
कल्पवृक्ष
माघ २२ मंगलबार, ९:३८ पूर्वाह्न
बढुवा भएका एसपीहरुको पदस्थापना

नेपाल प्रहरीमा ३७ जना प्रहरी उपरीक्षक (एसपी) को जिम्मेवारी तोकिएको छ । हालै प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका उनीहरुको ‘पोस्टिङ’ भएको हो । उनीहरु गत शुक्रबार बढुवा भएका थिए ।

कुलदिप चन्द जिल्ला प्रहरी परिसर काठमाडौं, सुमित खड्का विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा, ठाकुरप्रसाद पोखरेल मधेश प्रदेश मानवस्रोत व्यवस्थापन महाशाखामा तोकिएका छन् । लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रेमबहादुर शाही अपराध अनुसन्धान विभाग पुगेका छन् ।