नेपाल टेलिकमले आर्थिक वर्ष ०८०/०८१ मा कुल ६ अर्ब २३ करोड नाफा गरेको छ । २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो ।
कम्पनीको वित्तीयअवस्था गत आर्थिक वर्षमा कूल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ रहेको टेलिकमले बताएको छ ।