रवि लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएपछि चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा भएको छ । लुइँटेललाई महान्यायाधीवक्ताको कार्यालयमा तानेर उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधीवक्ता रवि न्यौपानेलाई चितवन पठाइएको छ । मंगलबार मुद्धा दर्ता गर्दा सरकारी वकिलले प्रलोभनमा परेको निचोडसहित उनलाई साँझ नै सरुवा गरिएको स्रोतहरुको भनाइ छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा ३२ जनाविरुद्ध अभियोजन गर्दा १२ जनालाई मात्रै संगठित अपराध र ठगीको मुद्दा चलाएको थियो। अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ।