Advertisement GIF
कल्पवृक्ष
माघ २३ बुधबार, १०:१३ पूर्वाह्न
पाथिभरामा केबुलकार निर्माण विवाद : छ बुँदे सहमति

ताप्लेजुङ जिल्लामा रहेको पूर्वकै प्रशिद्ध धार्मिक र पर्यटकीइ क्षेत्र पाथीभरा मन्दिर परिसरसम्म निर्माण हुने केबलकारका पक्ष र विपक्षमा भइरहेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । आन्दोलनकारी र सरकार पक्षबीच आन्दोलन रोक्न ६ बुँदे अन्तरिम सहमति भएको हो ।

पाथिभरा अर्थात स्थानीय लिम्बू भाषामा मुक्कुमलुङ भनिने यो स्थानसम्म ताप्लेजुङको काफ्लेपाटीदेखि मन्दिरभन्दा आठ सय मिटर तलसम्म केबुलकार बनाउन सुरु भएपछि आन्दोलन थालिएको थियो ।

आन्दोलनरत पक्ष र सरकारबीच भएका सहमति

– पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी बैठकमा विस्तृत छलफल गर्ने ।
– मुक्कुम्लुङसरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।
– २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।
– आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।

– मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को बैठक यही माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने ।