राजधानीको महानगरपालिकाको कमलपोखरीमा रहेको शान्दार मः मः पसल रहेको घरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा १४ जना घाइते भएका छन् ।
आज (बिहीवार) बिहान करिव ९ बजे भएको विस्फोट पछि भएको आगलागीमा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेमा उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरका २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ, उदयपुरका २४ वर्षीय सन्जोग मगर, उदयपुरका २५ वर्षीय नविन मगर, हेटौडाका १८ वर्षीय सुविन राई, उदयपुरका २० वर्षीय यसकुमार घले र १९ वर्षीय बिरस मगर रहेका छन् ।