Advertisement GIF
कल्पवृक्ष
माघ २५ शुक्रबार, ११:५८ पूर्वाह्न
झापामा युवक मृत : युवती र होटल सञ्चालक पक्राउ

झापाको बिर्तामोडमा रहेको होटल एभरेष्टमा बसेका एक युवाको रहस्यमय मृत्यु भएको छ । युवतिसित होटल पुगेका युवाको मृत्युपछि ती युवति र होटल सञ्चालक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोड– ४ मा रहेको एभरेष्ट होटल एण्ड लजमा बसेका झापाकै हल्दिबारी गाउँपालिका– गोलधापका ३० वर्षीय सागर बेस्रा र उनकी साथी सुनसरीको धरान उपमहानगरपालिका– १५ कि २३ वर्षीय मुना विक सो होटलमा बास बसेका थिए।

राति खाना खाएपछि सुतेका सागर शौचालयको ढोकानजिक लडेको अवस्थामा भेटिएका थिए । मुना र होटल सञ्चालक यामकुमारी उप्रेतीले सागरलाई उठाएर बिर्तासिटी अस्पतालमा लगेका थिए । तर, उनी मृत घोषित भए ।

यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । झापा प्रहरी प्रवक्ता डिएसपी कृष्ण चन्दका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।