कैलालीमा आमाछोरी मृत भेटिएका छन् । गोदावरी नगरपालिका– ११ मा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराका अनुसार मिरा र प्रिन्सी बिहीबार साँझ साढे ७ बजे घरमै मृत भेटिएका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।