Advertisement GIF
कल्पवृक्ष
माघ २५ शुक्रबार, १२:१२ अपराह्न
अमेरिकाले लगायो फौजदारी अदालतमाथि प्रतिबन्ध

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाएका छन् । इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको अमेरिका भ्रमणछि ट्रम्पले नेदरल्याण्ड्सको हेगमा रहेको आइसिसीमाथि प्रतिबन्ध लगाइएको कार्यकारी आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आइसिसीले यसअघि गजामा हजारौं प्यालेस्टिनीको हत्या गरी युद्ध अपराध गरेको अभियोगमा इसराइली प्रधानमन्त्री नेतन्याहू र उनका रक्षामन्त्री योआव गलान्ट तथा हमासका नेताविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । ट्रम्पको उक्त अभिव्यक्तिमाथि विभिन्न देशहरुले आपत्ति जनाएका छन् । अमेरिकाभित्रै र रिपब्लिकन पार्टीभित्रै पनि गजा अधीनमा लिने ट्रम्पको अधिव्यक्तिले आश्चर्य पैदा गरेको थियो छ ।